
कैलाली : दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कप क्रिकेटकाे उपाधि चुम्ने लक्ष्य सहित ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले उद्घाटन आज मसेसियासंग खेल्दै छ ।

पहिलो जित हात पार्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा नेपाल रहेको छ । नेपाल एसीसी प्रिमियर कपकाे साविक विजेता टोली समेत हो ।
आज ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार अपराह्न ४:१५ बजेबाट खेल सुरु हुनेछ ।
पहिलो संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो भने यस पटक टी २० फर्म्याटमा हुने प्रतियोगितामा ८ टोली वरीयताका आधारमा छनोट हुँदा कम्बोडिया र साउदी अरब च्यालेन्जर्स कप प्रतियोगिताबाट छनोट हुँदा प्रतियोगीतामा १० टोली जसमा नेपालले यूएईलाई फाइनलमा पाखा लगाउँदै उपाधि चुमेको थियो ।
नेपालले यस प्रतियोगिताका लागि पनि भारतमा त्रिकोणात्मक टी सिरिज खेलेर प्रतियोगिताको तयारी गरेको थियो । तर भारत भ्रमणमा प्रतियोगिता भन्दा पनि प्रशिक्षण र ओमानको वातावरणसँग घुलमिल हुने अवसर बढी महत्त्वपूर्ण रहेकाे थियो । विहीबार विहान मात्र ओमान आइपुगेका कारण टोलीले हिजो प्रशिक्षण गरेको छैन ।

नेपालले मलेसियाविरुद्ध निकै बलियो इतिहास बोकेको छ । हालसम्म ९ टी खेलमा नेपालले ८ खएकमा जित दर्ता गर्दा मलेसिया एक खेलमा मात्रै विजयी भएको छ । पछिल्लो ५ खेलमा नेपालले नै जित हासिल गरेको छ ।
अक्टोबर २०२३ मा भएको पछिल्लो भेटमा नेपालले मलेसियालाई टी २० विश्वकप छनोट अन्तर्गतकाे खेलमा ६ विकेटले पराजित गरेको थियो ।
आज प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा कतार र हङकङ पनि भिड्नेछन् । यस समूहमा साउदी अरब पनि रहेको छ । प्रतियोगिताको समूह ‘बी’ मा ओमान, यूएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
एसिया कपमा छनोट हुँदै भारत पाकिस्तान जस्ता विश्वका नम्बर १ देशसँग खेल्ने अवसर जुराउन पनि नेपालका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण मानिएको छ । उसो त यस प्रतियोगितामा नेपाललाई उपाधि दाबेदार पनि मानिएको छ तर अर्को समूहमा ओमान र यूएई जस्ता बलिया टोली रहेका छन् ।
यूएईलाई बेला बखत पाखा लगाउँदै नेपालले ठूला अवसर पनि जुराएको छ भने ओमान नेपाल भन्दा केही बलियो मानिएको छ ।