कैलाली : भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२४ मा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) ले लगातार पाँचौं हार बेहोरेको छ ।
बिहिबार राती सम्पन्न खेलमा आरसीबी बिरुद्द मुम्बई इण्डियन्सले ७ विकेटको सानदार जित हात पार्यो ।
बेङ्गलोरले दिएको १ सय ९७ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले मात्र १५ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि लागि ओपनर इशन किशनले ३४ बलमा ७ चौका र ५ छक्का सहित सर्वाधिक ६९ रनकाे अर्धशतकीय पारी खेले । यस्तै सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्का सहित ५२ रनको विष्फोटक अर्धशतकीय इनिङ खेले ।
रोहित शर्माले ३८ रन बनाउँदा कप्तान हार्दिक पण्ड्या २१ रनमा अविजित रहे ।
बलिङ तर्फ बेङ्गलोरका आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १ विकेट लिए ।
त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रनको विशाल योगफल जोडेको थियो ।
उसका लागि कप्तान फ्याफ डु प्लेसिसले सर्वाधिक ६१, दिनेश कार्तिकले ५३ र रजत पतिडरले ५१ रनकाे अर्धशतकीय पारी खेलेका थिए ।
मुम्बईका जसपृत बुम्राह एक्लैले ५ विकेट लिएका लिँदा जेराल्ड कोट्जी, आकाश मध्वाल र श्रेयास गोपालले १/१ विकेट हात पारे ।
जित पछि मुम्बई ५ खेलमा ४ अङ्क सहित सातौं स्थानमा छ । बेङ्गलोर भने ६ खेलमा मात्र २ अङ्क सहित नवौं स्थानमा रहेको छ ।
आईपीएलमा आज लखनउ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स भिड्ने समय तालिका रहेको छ ।