बझाङः बझाङकाे दुर्गाथलीमा जङ्गली च्याउ खाएर ३ जना बिरामी भएका छन्।

दुर्गाथली गाउँपालिका–५ का ४० वर्षीय तिलक पुजारा र उनका छोराहरु १२ वर्षीय दर्शन पुजारा र ५ वर्षीय सुभम पुजारा बिरामी भएका हुन्।
जङ्गली च्याउको तरकारी खादा तीनै जनालाई घर भित्र बेहोस अबस्थामा उनको श्रीमतीले फेला पारेपछि तत्काल जिल्ला अस्पत्ताल बझाङमा पुर्याएइको थियो ।
हाल उनीहरूको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिए।
उपचाररत बुवा र कान्छो छोरा सुभमको अवस्था सिरियस रहेकोले दुवै जनालाई थप उपचारको लागि डडेल्धुरा अस्पत्ताल रिफर गरेको जोशीले बताए। जेठो छोरा दर्शन भने सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन्



