दार्चुलाको शैल्यशिखर नगरपालिका-९ सतभोगेबाट प्रहरीले ६ लाख बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको प्रहरी टोलीले करिब ६ लाख ३३ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको जनाएको छ ।
सडकमा चालक नभई रोकिएको अवस्थामा रहेको म १ ज २२० नम्बरको बोलेरो जिपलाई शङ्का लागि चेकजाँच गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका घोडा बिडी १९ पेटी, सलाई ४८ बन्डल र हाईक्लास सुर्ती ३ बोरा बरामद गरी उक्त सामान र जिप समेत नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


