धनगढी उपमहानगरपालिकाबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
उपमहानगरपालिकाको वडा नम्बर २ राम जानकी मन्दिर नजिकबाट शंका लागी चेकजाँच गर्दा सोही ठाउँ बस्ने १९ वर्षिय रमेश चौधरी र घोडाघोडी नगरपालिका—१ बस्ने २५ वर्षिय बिकास चौधरी पक्राउ परेका छन् ।
उनिहरुको साथबाट ८० मिलिग्राम लागूऔषध (खैरो हिरोइन) बरामद गरिएको छ ।
यसैगरी, टीकापुर नगरपालिका—१ रिगल चोकबाट शंका लागी चेकजाँच गर्दा सोही ठाउँ बस्ने २१ वर्षिय बिपिन साउँदलाई ३३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।
आइतबार तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ।


