नेकपा (एमाले) कैलाली जिल्लाको ९ औँ जिल्ला अधिवेशन नजिकिएसँगै माहोल तातेको छ । आगामी फागुन ६ र ७ गते कैलालीको सुखडमा हुने अधिवेशनको समय नजिकिएसँगै माहोल तातिएको हो ।
अधिवेशनलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
अधिवेशनका लागि प्रतिनिधि छनोट भई सकेका छन् । यस बिचमा जिल्ला अध्यक्ष को हुने भन्ने चर्चा हुन थालेको छ । जिल्लामा कार्यकर्ता माझ लोकप्रिय रहेका नेता तथा हालका जिल्ला सचिव डेजि पाण्डेको चर्चा बढी हुन थालेको छ । कार्यकर्तामाझ लोकप्रिय पाण्डेका पक्षमा ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरू रहेको स्रोतले बताएको छ ।
पाण्डेले एमालेमा झण्डै तीन दशक बिताइसकेका छन् । २०४८ सालमा कैलालीको बौनियामा रहेको रघुनाथ माध्यमिक विद्यालयमा अखिलको अध्यक्ष भएका पाण्डे त्यसको करिब ९ वर्षपछि सुदूरपश्चिम प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापति भए । २०५८ सालमा केन्द्रीय स्ववियु काउन्सिलका सहसंयोजक रहेका पाण्डे त्यसपछि पार्टी राजनीतिमा सक्रिय भए । एमालेको कैलाली जिल्ला सचिवालय सदस्य रहेका पाण्डे अखिल नेपाल राष्ट्रिय किसान महासंघको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सचिव थिए । गत ८ औँ कैलालीको जिल्ला अधिवेशनबाट उनी सचिव पदमा निर्वाचित भए ।
एक नेताले भने एमाले कैलाली लाई बनाउने हो भने डेजि पाण्डे जिल्ला अध्यक्ष बन्नु पर्छ अरूले पार्टी मिलाउन सक्दैनन् पार्टीमा दिएको योगदानको आधारमा पनि पाण्डे लाई अध्यक्ष बनाउनु पर्छ उनले भने ।
यस विषयमा हामीले पाण्डे सङ्ग सम्पर्क गर्दा उनले भने अहिले जिल्लाका नेता कार्यकर्ताको चाहाना म अध्यक्ष होस् भन्ने छ सके सर्वसम्मत हुन्छ हैन भने चुनाव भए पनि अध्यक्षमा मेरो दाबी छ आसा छ मलाई कैलालीका नेता कार्यकर्ताले सहयोग गर्ने छन् । भुई मान्छेका लागि सधैँ आवाज उठाउने पाण्डे कर्ममा रमाउने नेता हुन उनी कृषि पेशामा समेत सक्रिय छन् ।