चुरे : कैलाली जिल्लाको चुरे गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल र सोलार ‘प्यानल’ वितरण गरिएको छ ।
चुरे गाउँपालिका-४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको जनाएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरो पीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरो पीडित परिवार कष्टकर जीवन बिताउन बाध्य भएकाले सहायता स्वरुप त्रिपाल र सोलार प्यानल प्रदान गरिएको बताए । उनले भने, ‘उनीहरूका आवश्यकताअनुसार सोलार प्यानल र त्रिपाल प्रदान गरिएको हो । सब डिभिजन वन कार्यालयले वृक्षरोपण र तारबार गर्ने भन्दै पहिरो पीडित परिवारलाई बिचल्लीमा पारेको आरोप उनले लगाए ।
यसैगरी, चुरे गाउँपालिका-५ खानीडाँडास्थित भीमदत्त राजमार्ग सडक किनारमा आश्रय लिइरहेका १५ परिवारलाई खाद्यान्न, त्रिपाल र सोलार प्यानल वितरण गरिएको छ ।


