
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपेन्द्र कुमार पाल हाजिर भएका छन् । प्रहरी महानिरीक्षकको गत बुधवारको निर्णयअनुसार इलाका प्रहरी कार्यालय सुखडमा कार्यरत डिएसपी वीरेन्द्र वीर विश्वकर्माको सरुवा भएपछि उनको ठाउँमा पाललाई पठाइएको हो ।

यसैबिच आज फेरि भेटौला कार्यक्रम अन्तर्गत डिएसपी विश्वकर्माको बिदाइ गरिएको छ भने आजै हाजिर भएका डिएसपी पालको स्वागत गरिएको छ।डिएसपी विश्वकर्मा १४ महिना अगाडी इलाका प्रहरी कार्यालय सुखडमा हाजिर भएका थिए। उनको १४ महिने कार्यालयको प्रशंसा भएको छ। उनी सुखडमा रहँदा कुनै विवादमा परेनन्। उनको कार्यालयमा समग्र शान्ति सुरक्षा निकै चुस्त दुष्ट रहेको आम जानकार हरुको बुझाई छ।
गत बुधवार देश भरका १४१ डिएसपीको सरुवा भएको थियो । विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ । नयाँ हाजिर भएका डिएसपी पाल नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट काज सरुवा भई इलाका प्रहरी कार्यालय सुखड आएका हुन।
