आछामाको साँफे मार्तडी राजमार्ग अन्तरगत पर्ने बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा २ ताँप्री सेरा नजिकै गए राति सडकमाथिबाट पहिरो गएपछि शनिवार बिहान देखि साँफे,मार्तडी राजमार्ग अवरुद्ध भएको छ।
पहिरोले सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीसम्म आउने र जाने सवारी साधानहरु विचबाटोमै रोकिएका छन् । सडक अवरुद्धहुदा छोटो तथा लामो दुरीका सवारीसाधन बन्द भएका छन्। जिल्ला सदरमुकाम मार्तडी र पूर्वी उतरीभेगमा रहेका चारवटा स्थानीयतहका छिमेकी जिल्ला मुगु,हुम्ला,जुम्ला,लगाएका विभिन्न जिल्लामा जाने यात्रुहरूलाई आवत जावत गर्न निकै समस्या भएको स्थानीय बासी प्रेमलाल धामीले बताएका छन्।
काठमाडौँ,नेपालगन्ज, धनगढी र महेन्द्रनगरबाट बाजुरा आउने बसहरु भने पहिरो आउनु भन्दा अगाडी नै मार्तडी पुगिसेका छन् । सडकमा खसेको पहिरो हटाएर सडक सञ्चालन गर्न समय लाग्ने सडक डिभिजन कार्यालय साफेले जानकारी दिएको छ । डिभिजन कार्यालयका अनुसार आजै साँफेबाट डोजर पठाइएको र साँझसम्म सडक सञ्चालन हुनसक्ने छ ।


