कैलालीको घोडाघोडी नगरपालिकामा १ लाख बढीको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ । पालिकाको वडा नम्बर ७ को भजनी सडक खण्ड बुट्काबाबा मन्दिर नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका करिब १ लाख ५ हजार हजार ६ सय ७२ मूल्य बराबरको सामान बेवारिसे अवस्थामा पाइएको हो ।ल्याक्टो टफी, रिच चोको चकलेट, पानिपुरी, प्लास्टिक झिल्ली, सिप्सी, ललिपप, कच्चा आफ टफी, कोकोनट टफी, लिची टफी, प्याज लगायतका सामान मङ्गलवार दिउसो इलाका प्रहरी कार्यालय सुखड र अस्थाई प्रहरी पोष्ट हरिनगरको संयुक्त प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दीपेन्द्र कुमार पालले जानकारी दिए।
सो सामान बुधवार भन्सार कार्यालय बुझाइने डिएसपी पालले बताए ।