
कैलालीको घोडाघोडी नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।


नगरपालिकाकोे वडा नम्बर ५ डोकेबजार स्थित पुर्व पश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००२ त ६१८७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा बिहीवार साँझ दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशिल बिक गम्भिर घाईते भएका थिए ।


घाईते बिकलाई सीएस अस्पताल सुखडले धनगढी रिफर गरेको थियो । निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा बिकको बिहीवार नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । र ट्याक्टर चालक लम्की चुहा नगरपालिका–४ बलिया बस्ने ३७ वर्षीय राताराम चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


