प्रेस चाैतारी नेपाल कैलालीको पहिलाे बैठक धनगढीमा सम्पन्न भएकाे छ ।
११ माघमा ८औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित कमिटीकाे पहिलाे बैठक साेमबार धनगढीमा बसेकाे हाे ।
बैठकले जिल्लामा क्रियाशिल पत्रकारलाई पेशामा टिकाइराख्न, श्रमजीवी पत्रकारले भाेग्न परेका समस्या सामाधान गर्न सम्बद्व सञ्चार माध्यम र सबै पक्षलाई अपिल गर्ने निर्णय गरेकाे छ ।
यस्तै, पेशामा जाेडिन चाहानेहरूका लागि उपयुक्त वातावरण सिर्जना गर्न पनि सम्बद्व पक्षलाई आग्रह गर्ने निर्णय पनि गरेकाे छ ।

बैठकले पत्रकार अक्षयकोष स्थापना गर्ने निर्णयलाई कार्यान्वयन गर्ने, पत्रकारिताका माध्यमबाट प्रेस चाैतारीकाे संगठन निर्माणमा भूमिका खेल्ने अग्रजलाई स्थापन दिवसमा सम्मान गर्ने निर्णय पनि गरेकाे छ ।
८ औं जिल्ला अधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गाैतम, संगठनका केन्द्रीय, प्रदेश र तत्कालीन जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, संगठनकाे निर्वाचन आयाेगका अध्यक्ष तथा सदस्य, एमाले जिल्ला कमिटी र प्रचार विभाग लगायतलाई धन्यवाद दिने प्रस्ताव समेत पारित गरेकाे छ ।
बैठकमा सपथ ग्रहण गर्न बाँकी रहेका पदाधिकारी तथा सदस्यलाई संगठनका नवनिर्वाचित अध्यक्ष जनक सिंह विष्टले सपथ ग्रहण गराएका थिए ।
संगठनका कैलाली इन्चार्ज सुशील ढुंगानाकाे प्रमुख आथित्यततामा बसेकाे पहिलाे बैठकमा एमालेका जिल्ला उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख चुडामणी भट्ट विशिष्ट अतिथि थिए।
यस्तै प्रेस चाैतारीका केन्द्रीय सदस्य दिलबहादुर छत्याल, एमाले सुदूरपश्चिम प्रचार तथा प्रकाशन विभाग सचिव भाेजराज जाेशी, प्रदेश अध्यक्ष कृष्ण ओली विशिष्ट अतिथि र प्रदेश महासचिव शिवराज भट्ट, पूर्व केन्द्रीय सदस्य गाेविन्द राेस्यारा, प्रदेश सदस्य बिराज राेस्यारा लगायतका नेता अतिथिका रूपमा सहभागी थिए ।



