
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्रमा मृत्यु भएका सुनिल शाही मृत्यु प्रकरणमा फरार रहेका संचालक रोशन ऐर पक्राउ परेका छन्।

शुक्रवार इलाका प्रहरी कार्यालय सुखडले ऐर लाई घोडाघोडी नगरपालिका १ स्थित उनकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपेन्द्र कुमार पालले जानकारी दिए।।
घोडाघोडी नगरपालिकाको वडा नम्बर ४ मा रहेको सुधार केन्द्रमा मङ्गलवार राती घोडाघोडी नगरपालिका २ का २३ वर्षीय सुनिल शाहीको मृत्यु भएको थियो।

यस प्रकरणमा यस अघि नै समितिका संचालक सहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिई म्याद थप गरिसकेको छ भने ऐर फरार थिए।




