एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन घोडाघोडी नगर कमिटीले नगर प्रमुख खडक बहादुर रावतलाई विभिन्न १० बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले मङ्गलबार नगरप्रमुख रावतलाई घोडाघोडी नगरपालिकाले ‘स्थानीय शिक्षा नियमावली २०८०’ मा अनेक ठाउँबाट फरक फरक कुरा उल्लेख गरी आफू अनुकूल नियमावली बनाएको भन्दै विभिन्न १० बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो।
‘स्थानीय शिक्षा नियमावली २०८०’ लागू गर्ने सन्दर्भलाई लिएर विगतमा राजनीतिक दल सङ्घ सङ्गठन तथा सरोकारवाला पक्षसँग वार्ता भई नियमावलीमा भएका कतिपय बुँदा सच्याएर मात्रै लागू गर्ने सहमति भएपनि नगरपालिकाले त्यस विपरीत एकपक्षीय निर्णय गरेको संगठनको आरोप छ ।
नगरपालिकाले आफू अनुकूल कतै ‘सङ्घीय शिक्षा नियमावली २०५९’ त कतै ‘स्थानीय शिक्षा नियमावली २०८०’ लागू गरेको भन्दै आलोचना समेत गरेको छ ।
शिक्षक सङ्गठनले यस्ता कार्यहरू अभिलम्ब सच्याएर एउटै कानुनमा रहेर लोकतान्त्रिक आचरणको खुला, पारदर्शी, जबाफदेही कानुनी शासनसहितको शैक्षिक गतिविधि गराउन माग गरेको छ ।
शिक्षक सङ्गठनले ज्ञापन पत्रमा उल्लेख गरेका माग यस्ता छन्।