काठमाण्डाै : २०८० सालमा विपद्जन्य घटनाबाट देशभर ४ सय ९३ जनाको ज्यान गयो । उक्त घटनाबाट ३१ जना बेपत्ता भएका हुँदा भने १ हजार ६ सय १६ जना घाइते भएका छन् ।
गएकाे वर्ष ६ हजार ४ सय ४ विपद्जन्य घटना भएका थिए । जसमा पारी ८० हजार ७ सय १६ परिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले जनाएका छन् । विपद्जन्य घटनाका कारण ५ अर्ब ४२ करोड ५६ लाख रुपैयाँको क्षति भएको पनि जनाइएको छ ।
०८० मा पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैर प्राकृतिक विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावरकाे आक्रमण, हिमपहिरो, डढेलो, हिमपात लगायतका घटना भएका थिए ।
उक्त वर्ष कात्तिकमा जाजरकोटमा भूकम्प जाँदा सबैभन्दा धेरै १ सय ५५ जनाको ज्यान गएको थियो । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताए । विभिन्न ठाउँमा भएका आगलागीका कारण १ सय ६ जनाको ज्यान गएको थियो ।