सुखड: वेस्ट इन्डिजले नेपाली क्रिकेट टोलीसँग ५ टी २० खेल खेल्नका लागि ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी २० विश्वकप विजेता वेस्ट इन्डिजको ‘ए’ टोलीको कप्तानी रोस्टन चेसले गर्ने छ्न् ।

काठमाडौंकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवारदेखि यी दुई टोली बीचको टी२० सिरिजको सुरुवात हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याट्सम्यान जोनसन चार्ल्स र आन्द्र फ्लेचर ‘ए’ टोलीमा रहेका छन्। वेस्ट इन्डिज टोलीको पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो।
नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
ओमानमा आइतबार सम्पन्न एसीसी प्रिमियर कपमा भाग लिएर नेपाली क्रिकेट टोली सोमबार राति स्वदेश आइपुगेको छ।
साविक विजेताका रुपमा ओमान पुगेको नेपाली टोली यस पटक चौथो भएर फर्केको छ। सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएर लगातार दोस्रो पटक एसिया कप खेल्ने नेपालको सपना पूरा हुन सकेन ।
ओमानलाई फाइनलमा हराउँदै एसीसी प्रिमियर कप जितेको यूएई एसिया कपका लागि छनोट भएको छ।

त्यसपछि अर्को मौकाको रुपमा रहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि छनोट हुन नेपाल असफल रह्यो।

प्रिमियर कपको तेस्रो स्थानमा हङकङसँग पराजित भएसँगै नेपालको इमर्जिङ टिम्स एसिया कप खेल्ने योजना पनि पूरा हुन सकेन।
टी २० विश्वकपमा छनोट भएको नेपालले तयारी स्वरुप वेस्ट इन्डिजकाे टोलीसँग खेल्न लागेको हो । जसले नेपाललाई धेरै ठूलो राहत मिल्ने छ ।
वेस्ट इन्डिज ‘ए’ टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।

