सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक रवीन्द्र केसीले आफु मातहतका जिल्ला प्रहरी प्रमुखलाई भर्चुअल मार्फत अपराध नियन्त्रण तथा अनुसन्धान एबंम शान्ति सुरक्षाको अवस्था बारे जानकारी लिएका छन् ।
महानिरीक्षक केसीले आइतबार भर्चुअल बैठकद्वारा प्रदेश अन्तर्गत रहेका डोटी, अछाम, बाजुरा, बझाङ, डडेलधुरा, बैतडी र दार्चुलाका जिल्ला प्रहरी कार्यालयका प्रमुख सँग छलफल गरेका हुन। डिआइजी केसीले सो मिटिङ्ग मार्फत जिल्लाहरुको अपराध नियन्त्रण तथा अनुसन्धान एवंम शान्ति सुरक्षाको वर्तमान अवस्थाको सम्बन्धमा जानकारी लिँदै वर्षातको मौसम सुरु हुन लागेकाले सम्भावित विपद व्यवस्थापन तथा उद्धारका लागि तयार रहन निर्देश दिएका छन् ।
साथै उनले प्रतिबन्धित वन्यजन्तु, जडीबुटी, आखेटोपहार, अवैध काठ तस्करी नियन्त्रणमा जोड दिन समेत निर्देश दिएका छन् । फरार अपराधी पक्राउ तथा पेण्डिङ मुद्दाहरूको अनुसन्धान द्रुत गतिमा अगाडि बढाउन र स्थानीय तहसँग समन्वय गरी सिसिटिभी, आगो निभाउने (Fire Extinguisher)
लगायतको व्यवस्थापनमा सहकार्य गर्न समेत केसीले निर्देशन गरेका छन्।
पछिल्लो समय द्रुत गतिमा भइरहेको अवैध भन्सार छली, तस्करी नियन्त्रणमा जोड दिन, नागरिक मैत्री व्यवहार गर्न, अपराध र अपराधी विरुद्ध कानुनी रुपमा निर्ममताका साथ प्रस्तुत हुन महानिरीक्षक केसीको निर्देशन छ ।