
कञ्चनपुर : अवैध लागूऔषध सहित तीन जना युवक कञ्चनपुरबाट प्रहरीको फन्दामा परेका छन्।


बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका–३ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कमा कोठा गरि बस्ने २८ वर्षीय सुजल खड्काको कोठाबाट भीमदत्त नगरपालिका–६ बस्ने बर्ष २९ वर्षीय गणेश बि.क. र भीमदत्त नगरपालिका–१५ का २७ वर्षीय प्रकाश भण्डारीसहित तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भण्डारीको साथबाट ०.०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १.१८ ग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारी तिनै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जनाएको छ ।




