घोडाघोडीको वडा नम्बर ४मा अवैध रुपमा सन्चालित डायनामिक एकेडेमीलाई तीन दिन भित्र स्पष्टीकरण पेस गर्न नगरपालिकाले पत्र काटेको छ। नगरपालिकाको वडा नम्बर १ मा दर्ता रहेको डायनामिकले नगरपालिकाको स्वीकृति बिनै वडा नम्बर ४ मा संचालन गरेको समाचार निर्भीक पोष्टले प्रकाशन गरेपछि नगरपालिकाले पत्र काटेको मितिले ३ दिन भित्र सन्चालित कक्षाको पठनपाठन बन्द गर्न निर्देशन दिँदै स्पष्टीकरण सोधेको हो ।
घोडाघोडी नगरपालिका वडा नम्बर १ मा संचालन दर्ता रहेको डायनामिक एकेडेमी नामको निजी विद्यालय ठाउँ सारी गरेको अनुमति बिनै वाड नम्बर ४ चार मा नियम विपरीत सञ्चालन गरेको पाइएको थियो।
शिक्षा नियमावली र शिक्षा ऐन अनुसार विद्यालयको ठाउँ सारि गर्दा ठाउँ दर्ता रहेको वडाको सिफारिस, जान चाहेको वडाको सिफारिस र नजिकै का दुई सामुदायिक विद्यालयको अनिवार्य सहमति पत्र आवश्यक पर्छ ।
यो विद्यालयले लामो समयदेखि बन्द अवस्थामा रहेको र कर चुक्ता देखि नियमती गर्नु पर्ने आवश्यक कानुनी प्रक्रिया समेत पूरा नगरेको नगरपालिका ले बताएको छ ।