
डोटी जिल्ला बडीकेदार गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

बडीकेदार गाउँपालिका २ कोटकेना कि अन्दाजी ४२ वर्षीय दुर्गा घर्तीमगर मङ्गलबार घट्ट भित्र मृत फेला परेकी प्रहरी कार्यालय खदेउलीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनी आज सोही ठाउँको ओखलढुङ्गा भन्ने ठाउँमा रहेको घट्ट भित्र मृत फेला परेकी हुन् ।
सोमवार दिउसो करिब १ बजे तिर घरबाट घट्ट गएकी उनी घर नफर्किएपछि मङ्गलबार बिहान खोजी गर्दा मृत भेटिएकी प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा संकास्पद रहेको र अनुसन्धान भइरहेको प्रहरी कार्यालय खडेउलीले जनाएको छ ।
