जिल्ला कारागार कैलालीमा भएको कुटपिट घटनापछि कैदीहरूले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी प्रमुख बाल नरसिंह राणाको उपस्थितिमा नै जेलर वसन्त खत्रीविरुद्ध नाराबाजी गरेका छन्।
शनिबार दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि कपिल श्रेष्ठ नेतृत्वको समूहले आक्रमण गरेको हो। बोगटीको नाक र मुखमा चोट लागेको छ र उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
सिडिओ हमालले घटना सामान्य विवादका कारण भएको दाबी गरे पनि, कैदीहरूले जेलर खत्रीले निरन्तर मनोमानी गरेको आरोप लगाउँदै विरोध जनाएका हुन्। घटना बिहीबारको मोबाइल फेला परेको निरीक्षणपछिको तनावबाट उत्पन्न भएको बताइएको छ।


