कैलालीको बर्दगोरिया गाउँपालिकामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आइतबार (भदौ १ गते) घैँटो फोड कार्यक्रम हुने भएको छ । हिन्दु संस्कृति संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष हुँदै आएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागिए कोघैँ टोफोड तथा सांस्कृतिक कार्यक्रम मूल आयोजक समिति संयोजक कृष्णप्रसाद ओझाले जानकारी दिए ।
कार्यक्रममा अन्य विभिन्न प्रतियोगिता भए पनि आकाशे घैँटो फोडलाई विशेष महत्वका साथ लिने गरिएको छ । मानिसको समूहले आफ्ना समूहका साथीहरूको काँधका टेक्दै तला बनाउँदै करिब ३०/३५ फिट माथि रहेको घैँटो सम्म पुग्न गरिरहेको प्रयासका दृश्य निकै रमाइला र आकर्षक हुने भएकाले पनि दर्शकहरूले यसलाई निकै महत्त्व दिने गर्दछन् ।
“युवाहरूको अभियान स्थानीय कला संस्कृतिको पहिचान” भन्ने नारा मनाइने यो कार्यक्रममा लागी विभिन्न उप समिति समे निर्माण गरिएको कार्यक्रम मूल आयोजक समिति संयोजक कृष्णप्रसाद ओझा, आकाशे घैँटो फोड उपसमिति संयोजक भरत ताम्राकार, सुरक्षा व्यवस्थापन उपसमिति संयोजक चित्र ओली, भुईँ घैटोफोड उपसमिति संयोजक ठक्कर बम, पाइप चढ्ने प्रतियोगिता संयोजक दीपक पाललाई जिम्मेवारी दिइएको छ भने महिला कुर्ची दौड प्रतियोगिता उपसमितिको जिम्मेवारी चम्पा बोहरा र अमृता कुँवरलाई दिइएको छ ।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिने घैँटो फोड कार्यक्रमले बौनिया बजारको पहिचान बढाएको छ भने व्यवसाय प्रवर्द्धनमा समेत जोड पुग्ने अपेक्षा गरिएको छ । आकाशे घैँटो फोडको विजेतालाई नगद ५१ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । यस्तै भुईँ घैटाफोडको विजेतालाई नगद ५ हजार ५ सय ५५, पाइप चढाईको विजेतालाई ७ हजार ५ सय ५५ र महिला कुर्ची दौडका विजेतालाई नगद ३ हजार ५ सय प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।



