
लोकप्रिय गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ । होहल्ला गरेर सामाजिक सद्भाव खल्बल्याउएको भन्दै गायक राईसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

काठमाडौँको घट्टेकुलो स्थित मदन भण्डारी कलेज नजिकैबाट उनीहरु पक्राउ परेका प्रहरीले दाबी गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा रहेका उनीहरूलाई आफन्तको जिम्मा लगाउने तयारी गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।
गायक राईसँगै पक्राउ परेका अन्य दुईको भने प्रहरीले परिचय खुलाएको छैन् ।

प्रकाशित :- २०८० चैत्र २२, गते बिहीबार