
अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना भएको हुँदा पाँच जनाको मृत्यु भएको छ ।

जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा आज भएको ट्याक्टर दुर्घटनामा परि पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । भने, तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेल्लेख गाउँपालिका–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले बताएका छन् ।
शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१–००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान सुयडी नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते वडका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएका जनाएको छ ।
