कैलाली: कैलाली जिल्लाको जानकी गाउँपालिका–३ भगतपुरमा एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

बिहीबार मनदरी ठकुल्ला थापाको एक तले पक्कि घरमा बिजुलिको तार सर्ट भई हुँदा घर भित्र रहेका नगद, सुन, चाँदी, खद्यान्न लगायतका सामान गरी करिब ७ लाख ९२ हजार १ सय २५ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।


प्रकाशित :- २०८१ जेष्ठ ११, गते शुक्रबार

