सर्लाही । सोमबार बिहान सर्लाहीमा बसले साइकल यात्रीलाई ठक्कर दिएपछि ठक्कर दिने बसलाई स्थानीयले जलाई दिएका छन् ।
आज बिहान नवलपुरबाट मलङ्गवातर्फ गुडिरहेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुर घर भएका ५५ वर्षका सजुगल महतोलाई ठक्कर दिएको थियो ।
बसको ठक्करपछि गम्भीर घाइते भएका सजुगललाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगजनीबाट बस पूर्णरूपले जलेको छ ।
प्रकाशित :- २०८० फाल्गुन २८, गते सोमबार