दार्चुला : दार्चुलामा बाघको छालासहित एक युवा समातिएका छन्।
आज (आइतबार) जिल्ला प्रहरी कार्यालय दार्चुला र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले बाघको छालासहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाघको छालासहित नौगाड गाउँपालिका ४ सिफ्टी बस्ने अन्दाजी ३६ वर्षीय शेरसिंह धामी पक्राउ परेका हुन्। उनलाई २ थान छालासहित मार्मा गाउँपालिकाबाट समातेको बताइएको छ। अहिले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित :- २०८० फाल्गुन २७, गते आईतवार