कैलालीको जोशीपुर गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुङ्गानाको स्वागत गरिएको छ । आइतबार पालिका अध्यक्ष चित्र बहादुर चौधरी , उपाध्यक्ष रेखा कठरीया , वडा अध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका हुन ।
स्वागत कार्यक्रममा पालिका अध्यक्ष चौधरीले विकासको कामलाई गति दिन र जनताका कामहरूमा गम्भीर बन्न निर्देशन दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले जोशीपुरको समग्र विकासका लागि आफू हरपल तयार रहने प्रतिबद्धता व्यक्त गरे । ढुंगाना यश अघि कैलालीकै बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । उनले कुशलता पुर्वक करिब ८ महिना पालिकामा प्रशासनको नेतृत्व गरेका थिए ।



