
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कार्यरत गगन सिंह बिस्ट सेवा निबित्तृ भएपछि बिदाई गरिएको छ । वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले एक कार्यक्रमका बिच शुक्रवार बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा बोल्दै वडा अध्यक्ष डगौरा थारुले आफ्नो ऊर्जावान् समय देश र जनताको सेवामा सुम्पिएर असल नागरिकको भूमिका निभाएको भन्दै प्रशंसा गरे ।
बिस्ट २०४६ साल देखि नेपाल सरकारको नीति अनुसार करार सेवा मार्फत कर्मचारीको रुपमा कार्यरत उनले साबिक कोटातुल्सिपुर गाबिस हुँदै बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ६ मा कार्यालय सहयोगीको जिम्मेवारी बहन गर्दै आएका थिए ।
