
कैलालीमा वन्यजन्तुलाई पासो थाप्न गएका मङ्गलवार राती पूर्व सशस्त्र प्रहरी हवलदारको आफै पासोमा परेर ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर-१० का ४० वर्षीय धनबहादुर शाहको ज्यान गएको हो । उनी सँगै गएका मोहन्याल गाउँपालिका-३ का ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन् ।
उनीहरूले मङ्गलवार राति २ बजे स्थानीय तुल्सिपुर सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न विद्युतीय धराप थाप्ने क्रममा तार सर्ट भई शाहको ज्यान गएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर घाइते भएका खत्रीलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।


प्रकाशित :- २०८० माघ १०, गते बुधबार