कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित राम्रो असल संस्कार र जीवन उपयोगी सीप सिकाइ केन्द्र श्री न्यू स्टार इ.बो. स्कुल, प्रा.लि. ले दोश्रो त्रैमासिक परीक्षा–२०८२ को नतिजा सार्वजनिक गरेको छ।
विद्यालयले विद्यार्थीहरूमा हौसला र प्रतिस्पर्धाको वातावरण सृजना गरी पढाइको स्तर उकास्ने उद्देश्यका साथ ४.०० GPA ल्याउन सफल विद्यार्थी नानी–बाबुहरूको फोटोसहित फल्याश चार्ट निर्माण गरेको जनाएको छ। उक्त फल्याश चार्टमा कक्षा १ का एक विद्यार्थी तथा कक्षा २ देखि १० सम्मका एक विद्यार्थी गरी जम्मा दुई विद्यार्थीको फोटो समावेश गरिएको छ। 
त्यसैगरी, विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावना उत्पन्न गराउँदै अध्ययनको गुणस्तर वृद्धि गर्नका लागि विद्यालयले ३.६ GPA भन्दा माथि प्राप्त गर्ने विद्यार्थीहरूलाई समेट्दै ‘4.00 GPA Target Club’ गठन गरेको छ। यस क्लबमा कक्षा ५, ६ र ७ का विद्यार्थीहरूका लागि एक तथा कक्षा ८, ९ र १० का लागि अर्को गरी दुई क्लब गठन गरिएको हो।
विद्यालयले “Mission 4 GPA” भन्ने नारा सहित पठन–पाठनमा उत्कृष्ट व्यवस्था मिलाएको छ। क्लबका विद्यार्थीहरूको पनि फोटोसहित Flash Chart अनावरण गरिएको विद्यालयले जनाएको छ।
उत्कृष्ट नतिजा ४ जीपीए ल्याएका विद्यार्थीहरूलाई नवनिर्वाचित घोडाघोडी सञ्चारकर्मी समूहका पदाधिकारीहरूले पुरस्कार समेत वितरण गरेका थिए।





