सार्वजनिक बिदाको दिन एकाबिहानै सरकारी गाडिले एक बालिकालाई घाइते बनाएको छ । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) ले प्रयोग गर्ने सुप प्र ०१-००१ झ ५२८ नम्बरको सरकारी गाडीको ठक्करबाट एक बालिका घाइते भएकी हुन ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार सुखड भजनी सडक खण्ड अन्तरगत घोडाघोडी नगरपालिका वडा नम्बर-१ सुन्दरपुरमा सात वर्षीय मेनुका भण्डारीलाई ठक्कर दिएको हो । घाइते भण्डारीको घोडाघोडी अस्पतालमा सुखडमा उपचार भइरहेको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। गाडी र चालक प्रहरी नियन्त्रणमा छन् ।
शनिबार सार्वजनिक बिदा भएपनि धनगढी कार्यक्रममा जानुपर्ने भएकाले हिजो नै गाडीको पास लिएको पालिका अध्यक्ष हिमशिखरले जानकारी दिए । गाडी मलाई लिन आउदै थियो बाटामा नानीलाई ठक्कर दिएछ। म उनको अबस्था बुझ्न जादैछु उनले भने