
ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नखिपोटको नख्खु खोलाले चार जनालाई बगाएको छ । खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको हो ।

प्रहरीले उद्धारको लागि डोरी दिएर प्रयास गरे पनि बगाएको छ । प्रहरीले डोरीमा क्यारेट पठाएर त्यसको माध्यमबाट उद्धार गर्न खोजेको थियो । त्यही क्रममा उक्त घर नै ढलेपछि उनीहरु खोलामा परेका छन् ।
भिडिओ बनाउने स्थानीयले महानगरको उपस्थिति शून्य रहेको उल्लेख गरेका छन् भने आफूहरुले भन्नुपर्ने ठाउँमा सबै भनिसकेको पनि बताएका छन् । हेलिकप्टरले उद्धार गरिएको भए उनीहरुलाई सकुशल निकाल्न सकिने उनीहरुको भनाइ छ ।
