कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनिया स्थित मुक्त कमैया बस्तीकी १६ बर्सिया सुस्मिता डगौराको रकम अभावमा मुटुको अप्रेसन रोकिएको छ । उनलाई उपचारका लागी सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाण्डौमा भर्ना गरिएको छ । तर रकम अभावमा उनको उपचार हुन नसकेको भन्दै परिवारले सहयोगको अपिल गरेका छन् ।

“बहिनी बिरामी भएपछि नेपालगन्ज लियौ । त्यहाँ उपचार गर्दा करिब डेढ लाख सकियो । लास्टमा यहाँ हुँदैन भनेर काठमाडौँ पठाइदियो । यता अस्पतालले बहिनीको मुटुमा प्वाल भएकाले अप्रेसन गर्नु पर्ने र करिब ५ लाख खर्च लाग्ने भनेको छ । डेढ लाख जति नेपालगन्जमै सकियो । अब पैसा नभएर अप्रेसन रोकिएको छ ।” सुस्मिताका दाजु बालकिसन डगौराले भने ।

दिन मजदुरी गरेर छाक टार्ने मुक्त कमैया परिवारलाई उपचार खर्च जुटाउन निकै सकस छ । ऋण गरेको डेढ लाख नेपालगन्जमै सकिएपछि छरछिमेकबाट ऋण समेत पाउन छोडेको परिवारको दुखेको छ । मनकारी सहयोगी दाताहरूले सहयोग गरी छोरीको ज्यान जोगाई दिन सुस्मिताका बाबु टिना डगौराले आग्रह गरे । उनले भने,।।। “हामी सँग पैसा छैन । आफै दिनभरि काम गरेर साँझको छाक टार्ने मान्छे, कहाँबाट पैसा हुनु । ऋण गरेको पनि सकियो । अब अरूले ऋण पत्याउन पछि छोडे । सबैले सहयोग गरे त मेरो छोरीको ज्यान जोगिने थियो ।”

सुस्मिता कालिका माध्यमिक विद्यालय नौनियामा कक्षा ८ मा अध्ययनरत थिइन । उनले ३ विषयको परीक्षा दिए पनि अन्य विषयको परीक्षा समेत दिन पाएकी छैनन् । उनको ज्यान जोगाउन सहयोगी मनहरूले सुस्मिताका दाजु बालकिसन डगौराको नाममा रहेको ग्लोबल आइएमइ बैङ्कको खाता नम्बर ०२००७०१०१२५२०८ या सहयोग रकम जम्मा गर्न सकिने परिवारले जनाएका छन् ।
Bank: Global IME Bank

A/c Name: Bal kisan Gandaura
A/c NO: 02007010125208
Swift Card: GIBBNPKA