
कैलालीको घोडाघोडीमा दुई ओटा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।


सोमबार बिहान घोडाघोडी नगरपालिका-१० पहलमानपुर चोकदेखि दक्षिणतर्फ जाँदै गरेको अटोले बालिकालाई ठक्कर दिएको थियो । बालिकाले बीच सडकबाट बाटो क्रस गर्न खोज्दा उनलाई बचाउने क्रममा अटो अनकन्ट्रोल हुँदा चालक सहित तीन जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार सु.प.प्र०१-००१ ह ३२१४ नम्बरको अटो अनकन्ट्रोल हुँदा अटो चालक शंकर ढाँट सहित १३ वर्षीय अनुष्का नेपाली ६ वर्षीय उनकै भाइ प्रेम नेपाली घाइते भएका हुन् । घाइते तिनै जनालाई घोडाघोडी अस्पताल सुखडमा ल्याइएको थियो । तर बालिकाको सिटी स्क्यानका लागि निसर्ग अस्पताल धनगढीमा लगिएको छ भने चालक ढाँट र प्रेमको घोडाघोडीमै उपचार भैरहेको । उनीहरूको अवस्था जटिल नरहेको पनि प्रहरीले जनाएको छ ।

यस्तै सोमबार दिउँसो नै हाइसले घोडाघोडी–१० आमखोयामा एक बालिकालाई ठक्कर दिँदा उनी घाइते भएकी छन् । पश्चिमबाट पूर्वतर्फ गइरहेको सुप प्र ०१००१ ख ३५८४ नम्बरको हाउसले ठक्कर दिँदा ७ वर्षीय कल्पना खाती घाइते भएकी इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । घाइते बालिकाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।



