धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको सामुदायिक वनमा एक महिला मृत फेला परेकी छन् ।
जिल्लाको कैलारी गाउँपालिका–५ बड्की पलिया घर भई धनगढी उपमहानगरपालिका–८ मोतिचोकमा कोठा गरी बस्ने शिवकुमार चौधरीको श्रीमती ३१ वर्षीया रितु चौधरी शुक्रवार मृत फेला परेकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रितुको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ ।
प्रकाशित :- २०८१ श्रावण १२, शनिबार ०८:४०


