एजेन्सी : नवौं संस्करणको टी–२० विश्वकप क्रिकेटको उपाधि विजेता भारतीय टोलीको भव्य स्वागत गरिएको छ । बिहीबार भारत पुगेको टोलीले बिहानै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेको थियो । साँझ भएको भिक्ट्री परेड (विजयोत्सव) मा तीन लाख मानिस सहभागी भएका बताक्ष्एको छ ।
मुम्बईको नरिमन पोइन्टबाट भएको उक्त विजयोत्सवमा सबै खेलाडीहरु ओपन बसमा सवार रहेका थिए । परेडको समापन २.२ किलोमिटरको स्थानमा रहेको वानखेडे स्टेडियममा भएको थियो । सो क्रममा तीन लाख भन्दा बढी क्रिकेटप्रेमी सहभागी भएका थिए ।
सो क्रममा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीलाई १ सय २५ करोड भारु पुरस्कार दिएको छ । वानखेडेमा खेलाडीहरुको सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो । कप्तान रोहित शर्माले सबैलाई धन्यवाद दिए ।
वर्षाका कारण पनि प्रशंसक भने रोकिएका थिएनन् । भारतले वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा भएको विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको थियो । भारतले टी–२० मा दोस्रो विश्वकप उपाधि जितेको हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो । भारतले पहिलो पटक अपराजित रहँदै उपाधि जितेको हो । यो टी–२० क्रिकेट इतिहासमा कीर्तिमान पनि हो ।


