
सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर गरेपनि कतिपय स्थानीय तहले धमाधम बिदा दिन लागेका छन्।

माओवादीबाट निर्वाचित र सोही दलको बाहुल्यता भएका स्थानीय तहले सार्वजनिक सूचना जारी गर्दै बिदा दिने निर्णय गरेका हुन्।
यस्तै कैलालीको मोहन्याल गाउँ पालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेको छ । मोहन्याल गाउँपालिकाले सोमबार बिहानै एक सूचना जारी गर्दै गाउँ पालिकाले फागुन १ मा बिदा दिने निर्णय गरेको जनाएको छ।
फाल्गुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा यस गाउँपालिकाको कार्यालय, अन्तर्गतका सम्पूर्ण कार्यालयहरू विद्यालय,स्वास्थ्य संस्थाहरू लगायतका संस्थाहरूमा मिति २०८० फाल्गुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको बेहोरा जानकारी गरिन्छ। मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायद्वारा जारी सूचनामा उल्लेख छ।
जनयुद्ध दिवसमा गाउँ पालिकाले बिदा दिने निर्णय गरेको अध्यक्ष उपाध्यायले बताएका छन्। सर्वोच्चले जनयुद्ध दिवसको बिदा खारेज गरेपनि मोहन्याल गाउँपालिकाले भने त्यसलाई बेवास्ता गर्दै सूचना जारी गर्दै बिदा दिएको हो ।
