कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्लस टु कमिटी गठन गरिएको छ । विद्यार्थी राजनीतिलाई सशक्त बनाउँदै विद्यालयमा हुने गलत गतिविधि विरुद्ध आवाज उठाउन सोमबार सर्वसम्मत २३ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको अध्यक्षमा आशिष् जोशी, उपाध्यक्षमा क्रमशः प्रवीण साउँद, पार्वती जैसी, करण मलाल चयन भएका छन् । यस्तै सचिवमा सुशीला बि.क., सहसचिव क्रमशः लीला क्षेत्री, रमेश साउँद, भरत खत्री, राजेश बम ठकुरी, ईश्वर बम र कोषाध्यक्षमा निर्मला शाही चयन भएका हुन ।
यस्तै सदस्यहरूमा क्रमशः प्रेङ्का न्यौपाने, राधिका खत्री, सरिता पार्की, भरत विष्ट, खगेन्द्र न्यौपाने, केशव सिँ साउँद, अमृता नाथ योगी, उषा पनेरु, कोमल गोदार, राधिका ऐर, सुस्मिता रावत र वर्षा रावत रहेका छन् । कमिटी गठनले विद्यार्थीका हक अधिकार स्थापित गर्न विद्यालय प्रशासन तथा व्यवस्थापनलाई दबाब पर्ने र विद्यालयको अवस्था सुधार समेत हुने अपेक्षा गरिएको छ ।
अनेरास्ववियु कैलालीका संयोजक कपिल सापकोटा सहित अनेरास्ववियु घोडाघोडी नगर कमिटी अध्यक्ष, घोडाघोडी बहुमुखी क्याम्पस कमिटीका पदाधिकारी लगायतको उपस्थितिमा कमिटी गठन गरिएको संयोजक सापकोटाले जानकारी दिए।
प्रकाशित :- २०८० माघ २३, गते मंगलवार