
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको जम्बो टोली कैलालीको धनगढीमा आइपुगेको छ ।


माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठकमा सहभागी हुने अध्यक्षसहितको जम्बो टोली धनगढी आइपुगेको हो । आज धनगढीको स्वास्थ्य तालिम केन्द्रमा परामर्श समितिको बैठक शुरु भएको छ । परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरू धनगढी पुगेका हुन् ।
दाहालसहित बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरु सहभागी छन् ।

साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबिचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार बैठक बसेको हो। बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुनेछ।



