
कैलालीको घोडाघोडी नगरपालिकामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । तर झन्डाको अवस्था हेर्दा उदेक लाग्छ। किनकि राष्ट्रिय झन्डा धुजा बनेको छ, च्यातिएको अवस्थामा छ।नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा रहेको राष्ट्रिय झन्डा च्यातिँदासमेत यहाँका जनप्रतिनिधि र कर्मचारीहरुको ध्यान तान्न सकेको छैन। वा, उनीहरु हेरेर पनि नजरअन्दाज गरिरहेका छन्। नगरपालिका कै प्रमुख सुखड बजारबाट केही मिटर दूरीमा रहेको नगरपालिकाको प्रशासनिक भवनको छतको अगाडिको भागमा फहराइएको उक्त झण्डा यसरी च्यातिएर धुजा धुजा बन्दा समेत नगर प्रमुख देखि कुनै कर्मचारीले राष्ट्रिय झन्डामा चासो देखाएका छैनन्।
हामीले राष्ट्रिय झन्डाबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारी र नगर प्रमुख खडक बहादुर रावतलाई सम्पर्क गर्दा फोन नउठेपछि नगरपालिकाका प्रशासन प्रमुख छविलाल बिनाडीलाई प्रश्न सोध्यौँ, राष्ट्रिय झन्डा च्यातिएर धुजा बन्दासमेत किन नफेरिएको? उनले झण्डा कहिले च्यातिएको हो त्यसबारे थाहा नभएको र अब तुरुन्तै झण्डा फेर्ने निर्भीक पोष्टलाई बताए।

