

राजेन्द्र रावल
प्रथम मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्लाव्यापि फुटबल प्रतियोगिता २०८० को सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार भएका अन्तिम दुई क्वाटर फाइनल खेल सँगै सेमिफाइनल समीकरण पुरा भएको हो ।
आज भएको पहिलो खेलमा धनगढी उपमहानगरपालिकाले टिकापुर नगरपालिका लाई एक शून्य गोल अन्तरले हराउँदा अन्तिम क्वाटर फाइनल खेलमा लम्किचुहा (बिएस -१५) ले भजनि नगरपालिका लाई समान एक शून्यको गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
हिजो भएको खेलमा गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिका सेमिफाइनल प्रवेश गरेका गरेका थिए।भोलि हुने पहिलो सेमिफाइनल खेलमा गौरीगङ्गा नगरपालिका र धनगढी उपमहानगरपालिकाले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दा अर्को सेमिफाइनल खेलमा घोडाघोडी नगरपालिका र लम्किचुहा(बिएस-१५) का बिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

मंसिर १३ गतेबाट सुरु भएको प्रतियोगितामा कैलाली जिल्लाका विभिन्न १० पालिकाका १६ टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिता समापन मंसिर २१ गते हुनेछ । समापनका दिन बिहान १० बजे कैलाली जिल्लाका दुई उत्कृष्ट महिला टोलीबिच मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुने आयोजकले जानकारी दिएको छ ।प्रतियोगिताको बिजेताले नगद २ लाख १ हजार ट्रफि मेडल र प्रमाणपत्र हात पार्नेछ भने दोस्रो हुने टिमले नगद १ लाख ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ