कैलालीमा ३० क्विन्टल चिनी सहित एक गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को टोलीले मंगलबार दिउँसो गौरीगंगा नगरपालिकाको बडैपुरबाट अबैध चिनी सहित सुपप्र०१–००१ च ३९५७ नम्बरको मालबाहक गाडी नियन्त्रणमा लिएको हो ।
गाडीमा ५० किलोका ६० बोरा चिनी र दुई बोरा बिडी समेत बरामद गरेको प्रहरीले जनाएको छ । अवैध चिनीसहित बरामद गरिएको ट्रकलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।
प्रकाशित :- २०८० माघ १६, गते मंगलवार