धनगढी : कैलालीमा करणी मुद्दाका एक फरार प्रतिवादी शुक्रबार भजनीबाट पक्राउ परेका छन् ।
जिल्लाको भजनी नगरपालिका–९ भुरुवा बस्ने २८ वर्षीय आशीस राजीलाई ईलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी–५ कुटीबाट शुक्रवार पक्राउ गरेको प्रहरीले जानकारी दिएकोछ । जिल्ला अदालत कैलालीको फैसलाले जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना २ दिन कैद सजाय र २ लाख जरीवाना ठहर भएपछि राजी फिरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित :- २०८० फाल्गुन २६, गते शनिबार