कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रममा प्राध्यापक कै कुटाकुट भएको छ।
शनिबार वनभोज खान खानिडाडा पुगेका क्याम्पसका प्राध्यापक बिच नै कुटाकुट भएको हो।
स्रोतका अनुसार बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही प्राध्यापक को बडुवा तथा करारमा रहेका हरुको अस्थायी भएको खुसीयालीमा उनिहरूले पिकनिकको आयोजना गरेका थिए। सोही पिकनिक कार्यक्रममा प्राध्यापकहरुले बढी रक्सी पिएपछि लफडा हुँदा माहोल हानाहान कै स्थितिमा पुगेको पिकनिकमा सहभागी एक कर्मचारी ले निर्भीक पोष्टलाई जानकारी दिएका छन्।
घोडाघोडी बहुमुखी क्याम्पसको सो पिकनिक कार्यक्रममा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाही पनि सहभागी थिए।
क्याम्पसका प्राध्यापक विकास गौतम खाई रहेको बेला उनमाथि तारा नगरका लेखापाल बडुवालले आक्रमण गरेपछि कुटाकुट र ढुङ्गा हानाहान को स्थिति भएको ती कर्मचारीले बताए।
सो घटना पछि प्राध्यापक विकास गौतमले वनभोज कार्यक्रममा आफूमाथि कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा निवेदन समेत दिएका छन्।
आफू खाना खाई रहेका बेला बहुमुखी क्याम्पसका उप प्राध्यापक टिका भट्ट, लेखापाल सिद्धराज न्यौपाने र राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीको कुटपिटबाट आफ्नो आँखा र घुँडामा चोट लागेको हुँदा उनिहरुलाई आवश्यक कारबाही गरिदिन भन्दै गौतमले निवेदन दिएको प्रहरी स्रोतले जनाएको छ।
क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले भने सामान्य विवाद भएपनि त्यस्तो ठुलो घटना नभएको बताएका छन्।
यता हामीले पीडित भनिएका प्राध्यापक विकास गौतमलाई सम्पर्क गर्दा आफू बिहान मात्रै बोल्ने भन्दै फोन काटेका छन्।



प्रकाशित :- २०८१ जेष्ठ ५, गते शनिबार

