बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन्।
बैतडी घर भई बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक भण्डारी नगद ८ घुससहित पक्राउ परेका हुन।
कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भण्डारीलाई पक्राउ गरेको हो।
उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचाबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।




