कैलालीको बर्दगोरिया गाउँपालिकामा रक्तदान तथा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी टिकापुर शाखा र श्रीकृष्ण आँखा अस्पताल टिकापुरको सहकार्य तथा बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रा.ली.को आयोजनामा पालिकाको वडा नम्बर ६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमबाट १४ पिण्ट रगत सङ्कलन भएको छ भने ३ सय ७३ जनाले आँखा जाँच गरेका छन् । ६० भन्दा बढीको मोतीबिन्दुको समस्या देखिएको छ । उनीहरूको शनिवार श्रीकृष्ण आँखा अस्पतालमा निःशुल्क अप्रेसन गरिने बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रा.ली. प्रबन्धक हरेन्द्र चौधरीले जानकारी दिए ।
प्रकाशित :- २०८० आश्विन १९, गते शुक्रबार