


शिक्षकको काठमाडौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा घोडाघोडीका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् ।

कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्रले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिए । “शिक्षक÷शिक्षिका आन्दोलनमा काठमाडौँ गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन ।” उनले भने, “सरकारले माग सम्बोधन गरे शैक्षिक कार्यक्रम अगाडि बढ्छन् ।” उनले कक्षा ८ को पालिका स्तरीय मौका परीक्षा लगायत १२ कक्षाको परिक्षमा समेत सहभागी नहुने बताए ।


राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्रधानाध्यापक धन बहादुर बम (आकाश)ले शिक्षक महासङ्घको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै विद्यालयका सम्पूर्ण शैक्षिक गतिविधि बन्द गरिएको जानकारी दिए । नगरका अधिकांश विद्यालयका शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौँ गएकाले सामुदायिक विद्यालयको पठनपाठन लगायतका शैक्षिक कार्यक्रम बन्द छन् । म आफै पनि काठमाडौँमा छु । सरकारले शिक्षकका माग सम्बोधन नगरेसम्म विद्यालय बन्द रहन्छन् दरख माध्यमिक विद्यालय हरिनगरका प्रधानाध्यापक दिनेश लामिछानेले बताए । “सरकारले हाम्रा माग सम्बोधन गर्ने वित्तिकै हामी कार्यक्षेत्रमा फर्किन्छाँ” उनले भने, “सरकारले माग सम्बोधन नगरे वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा प्रभावित हुन्छ ।”

“अहिले नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा देशव्यापी शैक्षिक हड्ताल र काठमाडौँ केन्द्रित सडक आन्दोलन जारी छ । “राष्ट्रिय समितिको निर्देशन र परिपत्र अनुसार घोडाघोडी नगरभित्र रहेका सामुदायिक विद्यालयका कर्मचारीहरु समेत केही काठमाडौँ हुनुहुन्छ हामी बढीभन्दा बढी काठमाडौँ केन्द्रित हुने भन्ने छ” । “कारण बस काठमाडौँ जान नसकेका साथीहरू आन्दोलनलाई सशक्त बनाउन प्रत्येक दिन नगरपालिकामा जम्मा भएर विरोध गर्ने निर्णय गरेका छौ” नेपाल शिक्षक महासङ्घ घोडाघोडी नगर अध्यक्ष काशीराम जोशीले भने, ।
शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि नगरपालिकाका सामुदायिक विद्यालय बन्द छन् । हामीले मङ्गलबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने भने पनि शिक्षकको आन्दोलनका कारण विद्यालय खुल्न सकेका छैनन् । “शिक्षकहरु शैक्षिक आम हड्ताल गरेर आन्दोलनमा छन् । सबै सामुदायिक विद्यालय बन्द छन्” “शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान सञ्चालन हुन नसकेको घोडाघोडी नगरपालिका शिक्षा शाखाका अधिकृत उमेश राज रेग्मीले बताए ।