बाजुराको बुढीनन्दामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब प्रदान गरिएको जनाइएको छ ।
बुढीनन्दा नगरपालिकास्थित पञ्चलक्ष्मी आधारभूत विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसी भैलो खेलेर रकम जुटाएको हो । विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसी भैलोबाट १ लाख सङ्कलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बोगटीले जनाएका छन् ।
उक्त रकम विद्यालयको खातामा दाखिला गरिएको अध्यक्ष बोगटीले बताएका हुन् । सो विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले हरेक वर्ष देउसी भैलो र प्रत्येक घरबाट मासिक रुपमा सहयोग मागेर निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था गर्दै आएका छन् ।