सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोग चासो बढाएको छ । प्रदेश सरकारले मङ्गलवार आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्यायलाई नियुक्त गरेको छ ।
उनलाई मङ्गलवार नै आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराएका छन् । उपाध्याय यस अघि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालय, सिँचाइ र ऊर्जा मन्त्रालयको अनुभव सँगाली सकेका छन् । यस अर्थमा पनि उनको कार्यकाललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।